बुधबार, जेठ १, २०८२

चर्च ब्वाइज पहिलो पटक ए डिभिजनमा पुग्यो

नेपालखोज २०७८ चैत २२ गते १५:०१

काठमाडाैं । चर्च ब्वाइज यूनाइटेड पहिलो पटक शिर्ष डिभिजनमा उक्लिएको छ । लिगको शिर्ष स्थानमा रहँदै चर्च ब्वाइज एक खेल अगाडी नै ए डिभिजनमा उक्लिएको हो ।

चर्च ब्वाइजले जारी बी डिभिजन लिगमा १२ खेलमा आठ जित दुई बराबरी र दुई हार ब्यहोरको थियो । १२ औं चरणको खेलमा चर्च ब्वाइजले बाँसबारी यूथ क्लवलाई पाँच एक गोलले हरायो । उसको जितमा साइमन लिम्बुले चार गोल गरे । उनले दुई गोल पेनाल्टीमा गरे । यस्तै अर्को गोल आशिष चौधरी गरे ।

खेलको सातौं मिनेटमा सामनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि १७ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै टिमको अन्तर दुई शुन्यमा पुर्‍याए । त्यसपछि ३७ औं मिनेटमा साइमनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई तीन शुन्यमा पुर्‍याए ।

त्यसपछि ४१ औं मिनेटमा साइमनकै गोलमा चर्च ब्याइजले खेल तीन शुन्यमा पुर्‍यायो । उनको यो ह्याट्रिक गोल हो । तर ५८ औं मिनेटमा सञ्जिव धिमालले गोल गर्दै खेल चार एकमा पुर्‍याए । तर ८१ औं मिनेटमा साइमनले गोल गर्दै टिमलाई पाँच एकको जित दिलाए ।

बालकुमारीमा रहेको क्लव सी डिभिजन च्याम्पियन भएर बी डिभिजनमा आएको थियो । सी डिभिजनबाट बी डिभिजनमा आएको सिजनमा नै ए डिभिजनमा उक्लन सफल भएको हो । २०७५ सालमा सी डिभिजनबाट सुरु गरेको उसको यात्रा २०७८ मा ए डिभिजनमा पुगेको छ ।

प्रतिक्रिया