सिद्धार्थ बैंक र हेफर इन्टरनेसनलले सुलभ वित्तीय कर्जा उपलब्ध गराउने

काठमाडौं । सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानिय सरकार पनि छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउनेछन् । साथै, समाजमा उच्चस्तरिय सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो १९० शाखा कार्यालयहरु, ११४ शाखारहित बैंकिङ सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौता अनुरुप उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।
प्रतिक्रिया