‘चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्न नीजि क्षेत्रको माग’

काठमाडाैं । चोभार सुख्खा बन्दरगाहमा सडकमार्ग मात्रै नभएर अब सरकारले रेल मार्गसँग जोड्नु पर्ने माग गरेका छन् । मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुका अध्यक्षहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुख्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए । उनले सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नु पर्ने बताए । अध्यक्ष गोल्छाले चोभार सुख्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोषेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए । उनले काठमाडौं उपत्यकामा सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा नीजि क्षेत्र उत्साहित भएको बताए । उनले भने, ‘ यो बन्दरगाह आयातको लागि मात्रै नभएर निर्यातको रुपमा कोषे ढुङगा सावित हुने छ । खास गरेर साना मझौला उद्योगी व्यवसायीहरु निर्यात गर्न चाहान्छन । हाम्रो उद्योगहरु त्यसको लागि यो कोषेढुङगा रहन्छ जस्तो लाग्छ । हामी संधै व्यापार घाटा भोगि रहेका छौं । यो समस्या मुलुकको सबै भन्दा ठूलो समस्या हो । हामीले नेपालमा नै उत्पादन भएका बस्तु मात्रै खरिद गर्नुस भन्ने गरेका छौं । तर हामीले सहि मूल्यमा उत्पादन गुणस्तर दिन सक्छौं । मूल्य कुरा गर्दा हाम्रोमा बस्तु उत्पादनमा लागत धेरै छ । यो बन्दरगाहलाई रेल मार्गसँग जोडन आवश्यक छ । रेल मार्ग जोड्न सक्यो भने आज जुन व्यापार घाटा भएको छ । व्यापार घाटा कम हुन सक्छ । रेल मार्ग जोड्यो भने यो बन्दरगाहको उपयोगिता बढ्छ जस्तो लाग्छ । बन्दरगाह सञ्चालनमा आएर नीजि क्षेत्र उत्साहित छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्र्दभिकता बढ्ने बताए । उहाँ सरकारले चोभार सुख्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने बातावरण सरकारले बनाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ बन्दरगाह सञ्चालनमा आएपछि अन्य विरगन्ज, विराटनगर तथा अन्य भन्सार बिन्दुमा व्यवसायीहरु जानु पर्दैन । सिधा रुपमा कलकत्ताबाट ट्रक तथा कन्टेनरहरु बिना कुनै झन्झट चोभार सुख्खा बन्दरगाहबाट जाँचपास गर्न पाउने अपेक्षा राखेका छौं । निर्यातको लागि यो बन्दरगाहमा जाँचपास गरेपछि सिधा कलकत्तामा जान सकोस् । भविष्यमा यो बन्दरगाहमा ल्याप भन्सारका सबै कारोबार छ त्यो यहीबाट होस। यो बन्दरगाह फाष्टट्याकबाट र रेल मार्ग जोडियो भने तब बन्दरगाहको सान्र्दभिकता आउँछ ।’
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोडनु पर्ने बताउनु भयो । उहाँले चोभार सुख्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात गनैृ व्यवसायलाई व्यवस्थित गर्ने बताए । उनले भने, ‘यो बन्दरगाहले दक्षिणको जस्तो चीनसँग पनि जोडेर आधुनिक प्रविधि युक्त बनाउनु पर्छ । यसमा सबै काम अनलाइन प्रणाली मार्फत रकम भुत्तानी गनै सक्ने बनाउन सके मात्रै मुलुकको ५० प्रतिशत आयात निर्यात गनैृ व्यवसायलाई व्यवस्थित गर्ने छ । बन्दरगाहबाट काठमाडांै उपत्यकामा उत्पादन हुने हस्तकला,गलैचाँ तथा जडिबुटी जन्य कुराहरु प्रोसेसिङ प्रवद्र्धधन गरेर यहीबाट निर्यात गर्न सक्छौं । ठूला उत्पादन बस्तु कन्टेनरमा जान सक्छ तर स–साना महिला उद्यमीले उत्पादन गरेका बस्तु एकद्वार प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाह भित्र व्यवस्था गर्नु पर्छ।’
अध्यक्ष मल्लले बन्दरगाहबाट काठमाडौंमा उत्पादन हुने वस्तु निर्यातको लागि महत्वपूर्ण योगदान हुने बताए । उनले बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वावर प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाह भित्र व्यवस्था गर्नु पर्ने माग गरे ।
प्रतिक्रिया