मधेसीलाई सरकारको नागरिकता नदिने षड्यन्त्र : महन्त ठाकुर

नेपालखोज २०७८ चैत २२ गते २२:०६

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभामा अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेस स्वीकार्छ तर मधेसी किन स्वीकार्दैन भन्ने प्रश्न गर्दै अझैपनि शासक वर्गहरु मधेशी प्रति भेदभाव गर्दै आएको जिकिर गरे ।

नागरिकता विधेयक संसदमा विचाराधीन रहेको भन्दै उनले विगतदेखिका सरकारले नागरिकता नदिने षड्यन्त्र गर्दै आएको आरोप लगाए । उनले पहाडी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको प्रति व्यक्ति आय ९ हजार र मधेस क्षेत्रको प्रति व्यक्ति आय ७ हुनुको कारण नागरिकता नै रहेको बताए ।

देशमा आन्दोलनबाट परिवर्तन आएको भन्दै ठाकुरले शान्तिपुर्ण आन्दोलनमा पनि सत्तापक्षद्वारा दमन र हिंसा गर्ने कार्य हुँदै आएको बताए । उनले मधेश आन्दोलनमा लागेका मुद्दा सरकारले फिर्ता नलिएकाले आफनो आन्दोलन अझैपनि जारी रहेको बताए ।

प्रतिक्रिया