गर्मी अझै बढ्छ, तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्

नेपालखोज २०७८ चैत २३ गते ८:२६

काठमाण्डौं । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्काे भनाई रहेकाे छ ।

मौसमविद्का अनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/ दुई ठाउँमा हल्का पानी पर्नेछ। तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना रहेको छैन ।

बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका कारण केही दिनयता यी तीन प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । तर, यो प्रणालीको सामान्य प्रभाव मात्रै परेकाले यी प्रदेशमा पनि राम्रो संग पानी परेको छैन ।

प्रतिक्रिया