अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

नेपालखोज २०७८ चैत २३ गते ९:४६


काठमाण्डौं । आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेदकुद दिवस मनाइँदै छ । हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरिएको हो । यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेशनल युनिभर्सिटी स्पोर्टस्, एफआईए फाउन्डेशन, इन्टरनेशनल काउन्सिल अफ स्पोर्टस् साइन्स एन्ड फिजिकल एजुकेशनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायले यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।

‘सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दै, खेलकुदको योगदान’ नाराका साथ दिवस मनाइँदैछ । नेपालमा सन् २०१५ यता यो दिवस निरन्तर रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया