शेखरले भने- केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छ
नेपालखोज
२०७८ चैत २३ गते १०:२९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् । पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल गर्न नहुने उनले बताएका हुन् । उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’
केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ रहेको छ । फरक प्रसंगमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया