शनिबार, वैशाख २२, २०८१

के छ डेनीको हाल खबर ?

नेपालखोज २०७८ चैत २३ गते १४:४३

काठमाडौं । हिन्दी सिनेमाका चर्चित खलपात्र डेनी ती कलाकार हुन् जो आफ्नो समयमा सबैभन्दा सफल खलनायक मानिन्थे । आफ्नो उत्कृष्ट अभिनय तथा रौबदार आवाजले मानिसहरुमा पहिचान स्थापित गरेका डेनी ७३ वर्षका भइसकेका छन् । डेनीको जन्म १५ फेब्रुअरी १९४८ मा सिक्किमको गान्तोकमा भएको थियो ।

उनको असली नाम छिरिङ फिन्सो डेङग्जोग्पा हो ! यो लामो नाम सम्बोधन गर्न समस्या भएपछि दिग्गज अभिनेत्री जया बच्चनले उनलाई सर्ट नेम डेनी दिएकी थिइन् । डेनी र जयाले पुणे फिल्म एन्ड टेलिभिजन संस्थानमा एक साथ ई-कोर्स पूरा गरेका थिए । डेनी र जया बच्चन एक-अर्कासँग आफ्नो फिल्मी करियरको सुरुवातसँगै सुपरिचित छन् ।

No description available.

एउटा खलनायक, चित्रकार, गायक, संगीतकार एवं लेखकको परिचय बनाएका नेपाल र नेपालीनिकट डेनी अहिले के गर्दै छन् त ? डेनीले १९९० मा सिक्किममै विवाह गरेका थिए र अहिले उनी दुई सन्तानका बाबु हुन् । उनको छोराको नाम रिनन्जिन तथा छोरीको नाम पेमा हो ।

No description available.

भनिन्छ डेनीकी छोरी निकै राम्री छिन् । उनी चर्चाबाट टाढै रहन रुचाउँछिन् । जानकारीअनुसार डेेनीकी छोरी युकसोम ब्रुअरीको निर्देशकका रूपमा एक उद्यमी हुन् । बुबाकै उद्योग सम्हाले पनि उनले आफ्ना बुबाको जस्तो फिल्मी करियर भने रोजिनन् । भनिन्छ डेनीकी छोरी मात्र होइन उनकी श्रीमती गावा पनि निकै सुन्दर छिन् ।

No description available.

मुम्बईमा लामो समय बिताएपछि डेनीले केही ढिलो गरी विवाह गरेका थिए । मुम्बई फिल्म उद्योगमा सक्रिय रहँदा परविन बबीसहित केही नायिकासँग उनको नाम जोडिएको थियो । यद्यपि विवाहका लागि उनले जन्मथलो सिक्किमकै युवती रोजे र परम्परागत मागी विवाह गरे । सिक्किममा उनको बियर उद्योग छ । केही नेपाली गीतसमेत गाएका डेनी नेपालमा समेत लोकप्रिय छन् ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया