दक्षिण कोरियाले आक्रमण गरे परमाणु हतियारबाट जवाफ दिने उत्तर कोरियाको चेतावनी
नेपालखोज
२०७८ चैत २३ गते ११:५९

काठमाडौं । उत्तर कोरियाले आफूमाथि आक्रमण गरे दक्षिण कोरियालाई परमाणु हतियारले जवाफ दिने चेतावनी दिएको छ ।पछिल्लो दिनमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले यो धम्की दोहोर्याएको बीबीसीले जनाएको छ।
दक्षिणका रक्षा मन्त्रीले आफ्ना सेना उत्तर कोरियाको कुनै पनि स्थानमा आक्रमण गर्न सक्षम रहेको बताएका थिए। लगत्तै किम यो जोंगले दक्षिणका रक्षामन्त्रीले यसो भनेर ठूलो गल्ती गरेको प्रतिक्रिया दिएकी थिइन्।
दक्षिण कोरियाका रक्षामन्त्रीको भनाइ पछि उनको यो चेतावनी आएको हो । दक्षिणका रक्षा मन्त्रीले आफ्ना सेना उत्तर कोरियाको कुनै पनि स्थानमा आक्रमण गर्न सक्षम रहेको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया