अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु
नेपालखोज
२०७८ चैत २३ गते १२:२३

ह्युस्टन । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मंगलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर) पर रहेको मारलिन एयरपोर्टमा मंगलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो ।
वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज (६४ मिटर) टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ ।
टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया