मनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षय कोष’ स्थापना

काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षय कोषको स्थापना गरेका हुन ।
वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षय कोषको स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उक्त अक्षय कोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षय कोष’ राखिएको छ ।
मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो । मिहिनेती विद्यार्थीहरुलाई उक्तकोषबाट छात्रवृत्ति प्रदान गरिने छ ।
वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका छन । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया