भक्तपुरबाट कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

नेपालखोज २०७८ चैत २३ गते १२:५४

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद आठ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया