तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन
नेपालखोज
२०७८ चैत २३ गते १३:०६

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत भइरहेका काम तोकिएकै समयमा सक्न निर्देशन दिएकी छन् ।
आज गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न निर्देशन दिएकी हुन् । उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताएकी छन् ।
मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थाबारे मन्त्रालयले सकारात्मक रहे पनि मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने स्पस्ट पारिन् ।
सम्बन्धित

प्रतिक्रिया