एनएमबीको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा सञ्चालन, किसानहरु उत्साहित

काठमाडौं । एनएमबी बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।
हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबी बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झालगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको बैंकले जानकारी दिएको छ ।
उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको जनाएको छ । बैंकले उखु किसानहरुलाई सहजरुपमा कर्जा प्रवाह गर्ने उद्ेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।
बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहित सेवा लिन सम्पूर्ण व्यक्तिहरुलाई अनुरोध गरेका छन् ।
बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ । बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।








प्रतिक्रिया