मनाङेले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी मैले पाएको छैन : खड्का

नेपालखोज २०७८ चैत २३ गते १९:४०

काठमाडौं । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन्

हिजो अपराह्न मन्त्री गुरुङले उनकै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिए पछि खड्काले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताएका हुन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने बताएको बताए ।

सो जानकारी आउने बित्तिकै आफूले मिडियामार्फत् नै त्यसलाई सार्वजनिक गर्ने प्रतिवद्धता प्रवक्ता खड्काको थियो । प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउने बित्तिकै तत्काल सो बारे मिडियामार्फत् नै जानकारी गराउने पनि बताए ।

प्रतिक्रिया