शनिबार, वैशाख २२, २०८१

‘छोरो बरू तिमी बुहारी बोकेर आऊ, कांग्रेस एमाले र माओवादी बनेर नआऊ’

नेपालखोज २०७८ चैत २४ गते ११:०९

दीपकराज गिरी लेख्छन्- बाले कांग्रेस हुँ भन्नु हुन्थ्यो, घरमा एक हुल नेता आएर एमाले बनाइ दिएर गएछन् ! सूर्यलाई भोट हाल्ने मेरी बूढी पँधेरोबाट आउँदा माओवादी प्रवेश गरी सकिछन् ! छोरो अहिलेसम्म घर आको छैन कांग्रेस बनेर आउँला भन्ने डर भो… देशको हालत ! उनकाे याे स्ट्याटसमा आएका केही प्रतिक्रिया ।

कस्ती बूढी त पँधेरो गाको मौका छोपी माओवादी प्रवेश गर्ने ! –राजन खनाल

मेरो साथी दुर्गा प्रसाईंको तरकारी बजार गाको, एउटाले नाम थर, कहाँ बस्ने ठेगाना सोधेको थियो रे, समाचारमा एमाले प्रवेश भनेर आएछ । –लक्ष्मण भण्डारी

कुन पार्टीको भएमा नेपाली हुँ भनेर खुसीले बाँच्न पाइन्थ्यो लौन बुझाइ दिनुपर्यो ?? –कृष्ण काफ्ले

अचम्मै छ मेरा दाइ । अब तपाईं हामी मिलेर स्वतन्त्रहरुकाे माेर्चा बनाम । –हरिप्रसाद भुसाल

छोरो बरू तिमी बुहारी बोकेर आऊ, कांग्रेस एमाले र माओवादी बनेर न आऊ । –ठाकुर गजुरेल

देशमा लुटतन्त्र भएपछि देश बनाउने होइन आखिर लुट्ने त हो जति लुट्न सके लुट्नु के मतलब ? तँ कांग्रेस बन म एमाले बन्छु अनि त्यो माओवादी बन्छ जसले जिते हामी मिलेर लुट्ने हो हारे पनि भाग बन्डा मिलि हाल्छ तैले जिते हामी दुवैलाई फाइदा मैले जिते पनि तिमी दुवैलाई फाइदा आखिर जस्ले जिते पनि तिनै जनालाई फाइदा अहिले एक अर्का न मिले जस्तो गर्ने जनताको आँखामा छारो हाल्ने भोलि जस्ले जिते पनि हारे पनि बाडेर खाने ? –खेम गुरुङ

राम्रा केही थोरै हुन्छन् होलान्, नकारात्मक कृया अलि बढी पनि भइरहेका होलान् तर सामाजिक मुर्ती यानिकी सबैले घर घरमा चिनेको मान्छेले सकारात्मक सन्देश सन्चार गरिदियो भने समाज र राष्ट्रमा सकारात्मक सन्देश संचार हुन सक्छ !!! कलाकार अनि हास्यकलार भनेको समाजमा भएका राम्रा काम कुरा पनि देक्छ होला, देख्नु पनि पर्छ !!! –चक्र बोहरा

तपाईं ढुक्क हुनुहोस् । तपाईं लगायत तपाईं जस्ता दर्जनौं कलाकार राजा अनि हिन्दु राष्ट्रको लागि भित्रै मनदेखि कट्टर छन् । जसलाई देखेर हामी परिवर्तन चाहनेहरू चकित खाएका छौँ । साना लुगा समस्या त हजुरलाई पो देखे दाजु, बुवाको सपोर्ट गर्ने कि भाउजुको ? फेरि छोरा रिसाउलान् । –मनोज दाहाल

भिन्दै पार्टी खोलेर लड्नुपर्यो, जेलेस्की जस्तै । कहिलेसम्म दिपा दिको फरिया पछ्यायाउदै हिनिबक्सिने भन्या!!! –मन्जु केसी

व्यवस्था जे सुकै होस्, त्यसमा कुनै आपत्ति छैन। तर आम नागरिकको पहुँचमा गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य, सबैलाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्यो, बास् त्यति भए पुग्छ । मैले हेर्ने पार्टीको सिद्वान्त, वाद, नीति, भिजन, बिचार आदि जेसुकै नाम दिएपनी त्यही नै हो। डिल्लीराम गुरागाई

तपाईं लोसपा बन्नुस् समावेशी परिवार बन्छ । -जुनादेवी राना

रुख चिन्ह नपाएका सम्पुर्ण कांग्रेसीजनमा हार्दिक अनुरोध ! कृपया रुखबाट नै बनेको सम्झेर हलोमा मतदान गर्नुहोला यदि राप्रपाले धर्मनिरपेक्ष गणतन्त्र मान्ने एमालेसँग गठबन्धन गरेको छैन भने । नत्र भने तपाईं पनि सुत्नुहोस् म पनि सुत्छु रातभरी लालिगा र इङ्लिस प्रिमियर लिग हेरौंला । -तिमिल्सिना उत्तम

आ-आफ्नो स्वार्थ । न सिद्धान्त न विचार । सबै लोभि पापीहरू हुन् । हरि श्रेष्ठ

घर-घरमै गठबन्धन र विपक्ष । –डीपी खरेल

अब छोरो कांग्रेस बनेर आउँछ बाउ चाहिँ राप्रपा भइसक्नु नि अब । सबै पार्टीको कार्यकर्ता मात्र अनि नेताले देश बेच्दा देशको पक्षमा बोल्ने विदेशमा बस्ने मात्र । –जेकिन किरात

तपाईं पनि कुन दिन च्याम्पियन बासँगै जानुहुन्छ यस्तै लेखियो भने । –शेरु थापा

यता पनि सुर्यकुमरी जस्तो हुनहुन मन लागेजस्तो छ । –सरोज खड्का

केही हुन्न दाइ चुनाव अघि ओहोरदोहोर भइरहन्छ । –करुणा निरौला

अधिकारी महानायक दाइको घर नै सोत्तर पारेछन् त । दाइलाई चै काङ्ग्रेसबाट अन्त लान सक्दैनन् होला । -परशुराम तिम्सिना

बनाउन त सबै पार्टीले बनाउँछन् उनीहरुले बनाएकाे गन्ति गर्ने हो भने त ५० कराेड जनता पनि थाेर हुन्छन् ,,,एउटै मान्छेलाई १० वटा पार्टीले मेराे भनिरहेकाे हुन्छ,,,,,,,त्यसैले सबै पार्टीमा आबद्ध हुने भाेट आफ्नाे बुद्धि विवेकले हाल्ने । -रमेश खतिवडा

तपाईंको न्वारानको नाम के हो दाजु ? यसो सोच बिचार गर्दैगर्नुस है। कलाकारलाई पहिलो प्राथमिकता छ। –नवीना गिरी

काङ्ग्रेस बन, एमाले बन, माओवादी बन वा राजाबादी बन तर सच्चा नेपाली बन । –देवजंग पण्डित

जसपा एसलाई हेप्नि ??? स्टाटसमा समाबेशी सिध्दान्तलाई लत्याइएकोमा मेरो घोर आपत्ति छ। -पोषण ज्ञवाली

अब मेयरमा उठ्नु पर्ने देखियो । नेताबाट देश उभो लागेन कलाकारबाट लाग्थ्यो की । -समीर योन्जन

सबैलाई सुर्जे कुमारीको हावाले छोएछ,पार्टी फेर्दै हिड्ने ! -रामकुमार श्रेष्ठ

स्वतन्त्रता रछ घराँ उसो भे ! –बालचन्द्र भण्डारी

ओल्बाले हिरोइन मात्रै राम्री भन्दिएर होला रिस गर्या हिरोहरुले । –थापा सरकार

सबैलाई चुनाव जित्नु छ अनि टिकट पाउनु छ, चाहे पार्टी जुन सुकै किन न होस ! हैट । लाजनिति । -मनीष यादव

दाई अरु जुन सुकै पाटीमा जाऊन् मतलब भएन तिम्ले यो कमेडी पाटी चाहिँ नछोड है केपी ओली पछिको हँसाउने तिमी नै हौ । –प्रकाश गौतम

हैट ! तपाईंको मनसाय चाहिँ कता होनी यो पनि स्पष्ट भन्नू पर्‍यो । जन्ता जान्न होइन सुन्न मात्रै चाहान्छन्। -खगेन्द्र अधिकारी

रक्सी खाइन्जेल त म पनि एमाले थिए काका छोड्दै गएसी थाहा पाए माओवादीको सदस्य रहेछु ,खोइ काका भोट त काङ्ग्रेस लाई नै होला । -सुनील अधिकारी

प्रतिक्रिया