सोमबार, वैशाख २९, २०८२

युक्रेनमा रुसी सैन्य कारबाही चर्किंदै, ४२ लाखले देश छाडे

नेपालखोज २०७८ चैत २४ गते २१:२१

किएभ । युक्रेनमा रुसको आक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । आक्रमणको अन्तर्राष्ट्रिय निन्दा भए पनि युद्ध रोकिएको देखिँदैन । यो एक महिना भन्दा बढी भएको छ । रुसी सेनाले युक्रेनका धेरै सहरलाई पूर्ण रुपमा ध्वस्त पारेको छ । लाखौं मानिस युक्रेनबाट भागेका छन् । धेरै मानिस अझै पनि युक्रेनमा फसेका छन् ।

यो दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब युद्ध हो । जसको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय स्तरमा धेरै व्यापक परिवर्तन हुनेछन् । यो युद्धको पराकाष्ठा के हुन्छ र यसको अन्त्य कसरी हुन्छ.? यी केही प्रश्न छन् । जसको उत्तर अहिले कसैसँग छैन । रसिया र पुटिनमाथि अमेरिकालगायत पश्चिमा मुलुकले नाकाबन्दी लगाएका छन् । त्यसलाई हटाउन सक्षम हुनेछन् कि भन्ने प्रश्न पनि छ ।

यसैबीच, अमेरिकी रक्षा अधिकारीहरूले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन् । रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सकिएको छ । उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका पेन्टागनका एक अधिकारीले बताएका छन् ।

किएभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखिएका पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरेका छन् । रुसी सेनाले खार्किभ सहर नियन्त्रणमा लिन सकेका छैनन् । रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किएभ र चेर्निहिभबाट फौज फिर्ता भएका हुन् ।

पेन्टागनका एक उच्च अधिकारीले रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन् । तर अहिले फिर्ता गरिएको फौज नै फर्कने वा अर्को फौज पठाउनेबारे अझै स्पष्ट नरहेको ती अधिकारीले बताए । इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम रहेको बताएको छ ।

अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् । समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उदृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ । बीबीसी संवाददाता जोनाथन बीएलका अनुसार पूर्वी युक्रेनमा रुसी सैन्य कारबाही थप चर्किएको छ । रुस र उसका समर्थकहरूले युक्रेनका पुराना औद्योगिक नगरहरू लुहान्सकको ९० प्रतिशत र डोनेट्स्कको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।

युुक्रेन फौजले यो क्षेत्रमा विगत आठ वर्षयता युद्ध लडिरहेको छ । डोन्बास क्षेत्रमा खटाइएका सैन्य टुकडीहरूमा युक्रेनका सबैभन्दा तालिमप्राप्त र राम्रा हतियार लिएका सैनिकहरू समावेश छन् । रुसी फौजले उत्तर, पूर्व र दक्षिणबाट घेरा हालेको यो क्षेत्र छिट्टै युक्रेनसँग सम्पर्क टुट्ने जोखिममा छ ।

हजारौँ युक्रेनी शरणार्थीहरू अमेरिकाको क्यालिफोर्निया सीमा नजिक मेक्सिकोमा जम्मा भएका छन् । अमेरिकामा शरण खोज्दै उनीहरू अमेरिका–मेक्सिको सीमा नजिक भेला भएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले गत महिना अमेरिकाले एक लाख युक्रेनी शरणार्थीहरूलाई आश्रय दिने बताएका थिए ।

अमेरिकास्थित बीबीसीको साझेदार सञ्चार माध्यम सीबीएस न्यूजले हरेक दिन करिब १५० जना युक्रेनीले अमेरिकामा शरण पाइरहेको जनाएको छ । युक्रेनबाट युद्धका कारण विस्थापित भएकाहरू पर्यटक भिसामा मेक्सिको पुगेर अमेरिकी सीमाबाट शरण मागिरहेका छन् ।

सीबीएस न्यूजका अनुसार बुधवारसम्म १७ सय शरणार्थीहरू सीमा नजिकका सहरमा भेला भएका छन् । गत फेब्रुअरीमा युद्ध सुरु भएयता ४२ लाख युक्रेनीहरूले देश छाडिसकेका छन् । जसमध्ये धेरैले छिमेकी पोल्याण्ड र रोमानियामा

प्रतिक्रिया