मैले मन्त्रालयको कार्यभार सम्हाले पछि सुधारका काम भए : आले
नेपालखोज
२०७८ चैत २४ गते २०:००

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले आफूले मन्त्रालयको कार्यभार सम्हाले पछि विभिन्न सुधारका कामहरु भइरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफुले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् ।
उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफु राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्नेगरी काम गर्ने बताए । मन्त्री आलेले सर्वहारा र श्रमजिवी वर्गको हक हितको पक्षमा आफु सधै उभिने बताए ।
सम्बन्धित

प्रतिक्रिया