शनिबार, वैशाख २२, २०८१

बेडरूममा यसरी फेला परे बलिउड अभिनेता-अभिनेत्री

नेपालखोज २०७८ चैत २५ गते १२:४१

मुम्बई । रंगिन पर्दाको संसारमा रिलेशनशिप र अफेयर्सको कुरा सधैं चर्चामा रहन्छ । हिजोआज त यस्ता कुरा लिभिङ टुगेदर, डिभोर्स, ब्रेकअपदेखि लिएर एक्स्ट्रन म्यारिटल अफेयरसम्म पुगेको छ र त्यस माथि लागू पदार्थको सेवन अनि समलिङ्गी सम्बन्धको तड्का पनि लगाइन्छ ।

सार्वजनिक छवि भएकाहरुको स-साना कुरा पनि निकै तीव्र गतिमा फैलन्छ जसको कारण मानिसहरुमा उनीहरु प्रतिको उत्सुकता, चाहना अनि प्रेम नै हो जो-कसैको स्टारडमका पछाडि पनि अनेक रहस्य अनि कथा लुकेको हुन्छ । स्टारडम प्राप्त भए पछि पनि सुखले हिड्न -डुल्न पाइने होइन । अहिलेका पापराजीदेखि सोसल मिडियासम्मको खोज र ट्रोलबाट जोगिन जो कोहि सक्दैनन् । यिनीहरुले कहिले कुन समाचार बनाउँछन् र कुन नाता भत्काइदिन्छन् भन्न सकिदैन । सारा संसारबाट जोगिए पनि यिनको चंगुलबाट जोगिन मुस्किल छ ।

बलिउडका यस्तै खुरापातीहरुले केही नायिकालाई यसरी नै एक्सपोज गरेका छन् । हेरौं केही घटना जुन खुरापातीहरुको क्यामेरामा कैद मात्र भएन यसले बलिउड तथा सम्बन्धित कलाकारहरुको जीवनमा उथलपुथलसमेत ल्यायो ।

सन् ९० को दशकमा जब करिश्मा कपुर र अजय देवगनको सम्बन्ध चर्चामा थियो त्यतिबेला उनीहरुले एकसाथ पाँचवटा चलचित्रमा काम गरिसकेका थिए । त्यस क्रममा उनीहरुको नीजि सम्बन्ध पनि प्रगाढ भयो । यद्यपि अजय यो सम्बन्धका मामिलामा गम्भीर थिएनन् जुन उनीहरु बीच विवादको प्रमुख कारण बन्यो ।

एक पटकको कुरा हो जब करिश्माले अजयलाई फोन गरिन तब पाश्वमा कुनै महिला आवाज सुनियो । करिश्माले सुनेको त्यो आवाज काजोलको थियो र त्यतिबेला काजोल अजयको बेडरूममा थिइन् । यो कुरामा विस्वस्त भएपछि करिश्माको पारा चढ्य‍ो अनि उनले अजयसँगको नाता तोड्न बेर लगाइनन् ।

मनिषा कोइरालाका बारेमा त केही भन्नै परेन । मनिषाको फिल्मी करियर जति उनको प्रतिभा अनि क्षमतामा चल्यो त्यो भन्दा बढी उनलाई चर्चा र विवादमा तान्ने काम भयो । थुप्रै अफेयर्सका बीच मनिषा एकताका आफूभन्दा २० वर्ष जेठा अभिनेता नाना पाटेकरक‍ो रिलेशनमा समेत रहिन् । यो नाता नाना पाटेकरको रिसाहा तथा नकारात्मक स्वभाव अनि उनको अभिनेत्री आयशा जुल्कासँगको सम्बन्धका कारण धेरै दिन टिकेन । त्यतिबेला मनिषा पाटेकरलाई लिएर काठमाडौंसमेत आएकि थिइन् । खैर मनिषाले नाना पाटेकरसँग सम्बन्ध तोडनुको मुल कारण नाना र आयशालाई एउटा होटेलको कोठामा फेला पार्नु नै थियो र भनिन्छ त्यतिबेला उक्त होटेलमा निकै हंगामा पनि भएको थियोे ।

२०११ मा जब बिहान साढे ७ बजे आयकर अधिकारीहरु प्रियंका चोपडाको घर पुगे त्यति बेला शाहिद कपुरले घरको ढोका खोलेका थिए त्यो पनि केवल शर्ट्स लगाएको अवस्थामा । यो खबर फैलन कुनै समय लागेन । यद्यपि चतुर प्रियांकाले घटनाको समयमा शाहिद कपुर उनको घरमा भए पनि छिमेकीको नाताले एउटा समस्या सुल्झाउन आएको बताएर आफ्नो बचाव गरिन् । यद्यपि प्रियांकाको घरबाट ३ मिनेटक‍‍ो दुरीमा बस्ने शाहिद के त्यस्तो इमर्जेन्सीमा थिए जहाँ उनले लुगा लगाउन सम्म बिर्सीए वा प्रियांकाको घरमा त्यस्तो के भएको थियो जसमा कुनै साथी लुगै नलगाई दौडन परोस भन्ने कुराको जबाफ कतैबाट आएको छैन । सत्य कुरा त मुम्बईका आयकर हाकीमहरुलाई नै थाहा होला ।

भारतीय मिडियाहरुका अनुसार ‘हद कर दी आपने’ को शुटिङका दौरान रानी र गोविन्दा निकै नजिकिएका थिए । भन्नेहरु त उनीहरुले आफ्नो सिनेमाको शिर्षक जस्तै हद पार गरेको पनि बताउँछन् । भनिन्छ गोविन्दा विवाहित र दुई सन्तानको पिता भए पनि छोराछोरी र श्रीमतीलाई घर मै छोडेर रानीको घरमा बढि देखिन थालेका थिए । यो कुराको पुस्टि तब भयो जब एक रिपोर्टर रानीको घरमा इन्टरभ्यु लिन पुगे । त्यति बेला गोविन्दा लुगा लगाउँदै रानीको बेडरूमबाट बाहिर निस्किरहेका थिए । भनिन्छ गोविन्दा छोरा छोरी छोड्दै श्रीमती सुनितालाई पारपाचुके दिएर रानीसँग विवाह गर्न डराइरहेका थिए र यही कारणले उनिहरु बीच ब्रेकअप भयो ।

प्रतिक्रिया