लुम्बिनी विकास बैंकको लोगो अंकित झण्डा हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंकले २६ औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्वकिर्तीमान कायम गरी सकेका किर्तीमानी आरोही कामी रिता शेर्पाले २६ औं पटक पुनःआरोहणको लागि प्रस्थान गर्न लागेका छन् । उनको सफल आरोहणको लागि लुम्बिनी विकास बैंकले समेत सहकार्य गर्दै बैंकको लोगो अंकित झण्डा अध्यक्ष दशरथ रिसालले शेर्पालाई हस्तान्तरण गरेका छन् ।
किर्तीमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंक लिमा निरन्तर सहयात्री बनि आवद्घ रहेका छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको जानकारी दिए ।
उनको यस कार्यले लुम्बिनी विकास बैंक साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ । हाल बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । निकट भविष्यमा थप ७ शाखा खोल्नको लागि तयारी अवस्थामा छ ।
बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा व्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।








प्रतिक्रिया