बोरोदियांकाको क्षति बुचा सहरमा भन्दा ‘निकै धेरै भयानक’ रहेको जेलेन्स्कीको दाबी

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा ‘निकै धेरै भयानक’ रहेको बताएका छन् ।
उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन् । ‘युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन् ।
उनका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन ।'(रुसी सेनाले) साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन्,’भेनेडिक्टोभाले भनिन् । बीबीसी
प्रतिक्रिया