सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउाद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ ।
यसैगरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ । प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा आजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका शपथ गराएका छन् ।

प्रतिक्रिया