शनिबार, जेठ ५, २०८१

चोर बाटो

बीबी याक्खा २०७८ चैत २६ गते १०:४१

असल, कर्तव्यनिष्ठ र इमानदार साथै सहयोगी भावनाको छन् । यसैले पनि ऊ सबैको मन र दिमागमा राम्रोसँग बसेका नि छन् । अन्य बेला समाजसेवाको कर्म गरेर पनि घरायसी काममा नि उत्तिकै महत्त्व दिन्छन् यसैले त दुई छाक टार्नु एकसरो लुगाका लागि कसैको अघि शिर झुक्याएर हात थाप्नु परेको छैन उसले ।

आज घरमा नै निकै व्यस्त देखिन्थे शान्तमान बिहानैदेखि यसैले त उसका खेतबारीमा पनि अन्न लहलह झुलेका छन् नि । यसै बखत शान्तमानको मोबाइलमा फोनको घण्टी बज्यो । रिसिभ गर्दै भन्यो- हल्लो नमस्कार हजुर ! को बोल्नु भो होला ? उताबाट जवाफ फर्काउँदै बोल्यो- नमस्कार लौ शान्तमान जी ! मलाई कस्तो नचिन्नु भएको ? म रामनाथ क्या त माननीय हुँ ।

शान्तमानले भन्यो- अहो नेताज्यू ! आज कसरी याद गर्नुभो ?
रामनाथले हाँस्दै उताबाट भन्यो- अरे शान्तमान जी ! हजुर नि कस्तो कुरा गर्नुहुन्छ ? मैले मेरो इमानदार साथीहरु भुलौंला त ।
शान्तमानले निर्भीक भएर सोध्यो- भन्नुहोस् केही विशेष भए ?

रामनाथले बतायो- म जिल्ला आउने तयारी गर्दै छु स्थानीय चुनावका लागि योपटक मेरो सालो जिताउनुपर्ने भो लौ हजुर । शान्तमानले कडा जवाफ फर्कायो- रामनाथजी ! जहिले पनि तपाईंहरुको मान्छेलाई चोर बाटो ल्याउनेमाथि, अघि पुर्याउने अहँ हुँदैन अनि हामी योग्यता हुनेहरु दु:ख गर्नेहरू चै सधैं पछि नै ! कस्तो अचम्म हो यो ?

रामनाथले फकाउँदै भन्यो- कस्तो कुरा नबुझ्नु भएको हजुरले ! अर्कोपल्ट त तपाईंको पालो भनेर भन्या नै छौं नि हामीले लौ ।
यो सुनेर कठोर निर्णय सुनाउदै बोल्यो शान्तमान- मैले सधैंलाई तपाईंको पार्टी तपाईंलाई नै छाडिसके अर्कोपालि हैन जनताको अघि मैले यसैपाल विजय हासिल गर्नेछु, स्वातन्त्र उमेदवारको घोषणा गरिसकेको छु । विजयीको खबर कुरी बस्नुहोला तपाईं किनभने जनताले चाह्यो भन्ने चोर बाटोबाट घुस्नु आवश्यक छैन भन्नका लागी पनि ।

यो सुनेर रामनाथको ओठ तालु सुक्यो र भन्यो- यो…के भन्दै हुनुहुन्छ तपाईं शान्तमानजी ? यसरी त हुँदैन नि बर्बाद भयो ।
शान्तमानले भन्यो- चोर बाटोको गौंडा नथुनेसम्म उपाय छैन । फोन राखें मैले अबबाट त्योभन्दा अघि बोल्नु औचित्य रहेन । शान्तमानले फोन काटेपछि रामनाथ बेचैनी भएर एक्लै छ्टपटाई रहे ।

प्रतिक्रिया