महालक्ष्मी बैंकको परासी शाखा सर्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका –५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । शुक्रबार आयाजित एक विशेष कार्यक्रमकाबिच उक्त शाखाको उद्धघाटन संयुक्तरुपमा बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कडेलले गरेका हुुन् ।
शाखाको उद्घाटन समारोहमा स्थानीयतहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सहभागीलाई बैंकका सञ्चालक राहुल अग्रवालले कृतज्ञता ज्ञापन गरेका हुन् । बैंकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारेका थिए ।
उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्वोधन गर्दै आगामीदिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उदश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक, महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।








प्रतिक्रिया