मंगलबार, वैशाख १६, २०८२

सिभिल लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सकियो

नेपालखोज २०७८ चैत २६ गते १२:३३

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कार्यक्रम सम्पन्न गरेको हो ।

कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचनालगायत मुख्य विषयवस्तु समावेश गरि आयोजना गरिएको एकदिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पु¥याएको जानकारी दिएको छ

प्रतिक्रिया