मेरो माइक्रो फाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन
काठमाडौ । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको पौष २८ गते सम्पन्न आठौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्बिरोध चयन गरेको छ । नौ वटा प्रर्वधित बैकका प्रतिनीधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६–०७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।
लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात १ अर्ब कायम भएको बताए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सले हाल १२० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख २५ हजार भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।
प्रतिक्रिया