दक्षिणकालीको चाल्नाखेल वोसनमा केवलकार सञ्चालन हुने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो ।
कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन बर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ । कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ ।
कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनिका अनुसार यहाँ ल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दीरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमाल बाट गरिएको हो । कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१ (२०२५) को अन्त्यमा सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागी स्थानियवासिहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ । कम्पनिले बोसन गाउ देखि बेस स्टेशन सम्मका सडकलाई डिजाइन गरेको नक्सा अनुसार बिस्तारका लागि सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया