नेकपा एसको पक्षमा जनलहर नै आउन थाल्यो : नेता नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएकाछन् । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिह्न कलम पनि भन्न थालेको दाबी गरे ।
आज काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए ।
अध्यक्ष नेपालले बिना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौको बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दाबी समेत गरे । अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया