सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न (फोटो फिचर)

नेपालखोज २०७८ चैत २६ गते १८:५४

काठमाडौं । चैते दशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ ।

बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाए । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गरे । सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागतरुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ । त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी. र रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया