तालमेलको मोडालिटीलाई अन्तिमरुप दिन गठबन्धनको बैठक बस्दै

नेपालखोज २०७८ चैत २७ गते १२:५६

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने जनाइएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने जनाइएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठनबन्धनका अन्य दलका नेताहरु पनि छन् ।

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारे प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

गठबन्धनका दलले तालमेल मिलाएर देशभर गठबन्धन गर्ने स्पष्ट पारिसकेका छन् । जिल्ला वा पालिकामा गठबन्धन गर्न के-कस्तो समस्या छ त्यस्को समाधाज गठबन्धनले खोज्ने बताइएको छ । सहमति मै उम्मेदवार टुंगो लगाउन गठबन्धन दलले पार्टीका जिल्ला र पालिका नेतृत्वलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया