थपिए जम्मा ४ संक्रमित, ४८ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २७ गते १६:२५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८ सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ जना र ९४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरि जम्मा ४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा ५९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा ४८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार २८ पुगेको छ ।

नेपालमा कोरोना निको हुनेदर ९८ दशमलव ७ प्रतिशत पुगेको छ । गत चौबीस घण्टामा देशभरबाट थप २० हजार ८२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया