सोमबार, असार ९, २०८२

सुनकाे भाउ सामान्य घट्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७८ चैत २८ गते १०:५१

काठमाडाैं । नेपाली बजारमा आज साेमबार सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९९ हजार ८ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे पनि चाँदी १३ सय ६५ रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया