मेरो माईक्रो फाइनान्सद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षित सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको कल्याणिदेवी माध्यमिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका थिए ।
त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुलाई हिजो र आज प्रति विद्यार्थी एक दर्जन कापी , पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो । कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थीहरुको मनोबल बढ्नुका साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बताए ।
मेरो माइक्रो फाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया