मंगलबार, वैशाख २५, २०८१

मलाई हिन्दी फिल्म गर्न आवश्यक छैन: महेश बाबू

नेपालखोज २०७८ चैत २८ गते १७:१६

काठमाडौं । अहिले बलिउडका लागि साउथ फिल्म चट्टानी पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । केजीएफ, पुष्पा, आरआरआर जस्ता फिल्मले बलिउडमा साउथको दबदबा थप बढाएको छ । साउथ फिल्मको बढ्दो क्रेजलाई मध्यनजर गर्दै बलिउड कलाकारले समेत साउथ फिल्ममा अभिनय गर्न थालेका छन्

साउथ स्टारहरु पनि बलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । लामो समयदेखि साउथ सुपरस्टार महेश बाबूले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । उनलाई केही हिन्दी फिल्मबाट अफर पनि गरिएको छ । तर, हालै एक अन्तर्वार्तामा उनले आफूलाई हिन्दी फिल्ममा काम गर्न आवश्यक नभएको बताएका छन् । आफू तेलुगु फिल्ममा मात्र काम गर्ने उनको भनाई रहेको थियो ।

महेशले हलिउड फिल्ममा काम गर्न लागेको चर्चालाई पनि खण्डन गरेका छन् । उनले अहिलेसम्म आफू कुनै हलिउड फिल्ममा आबद्ध नभएको स्पष्ट पारेका छन् । मे १२ मा रिलिज हुन लागेको फिल्म ‘सरकारू वारी पाटा’मा देखिने तयारीमा रहेका महेश बाबुले नयाँ फिल्म एसएस राजामौलीसँग गर्दै छन् । उनी पहिलो पटक राजामौलीसँग काम गर्न लागेका छन् ।

प्रतिक्रिया