बिहीबार, वैशाख १३, २०८१

रहेनन् दक्षिण भारतीय कलाकार जयप्रकाश रेड्डी

नेपालखोज २०७७ भदौ २३ गते १९:५७

एजेन्स । दक्षिण भारतीय चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ । रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ४० वर्षको उमेरमा चलचित्रको पर्दामा डेब्यु गरेका हुन् । सेनामा पनि कार्यरत उनी १९८८ मा ‘ब्रह्मा पुद्रुडू’ बाट फिल्ममा डेब्यु गरेका थिए । उनलाई खलनायक पात्रमा स्थापित बनाउन सफल भएको उनको चर्चित डायलग रायलसीमा हो ।

उनलाई डायलगका मास्टर पनि भनेर चिनिन्छ । उनी जुनै पनि तेलुगु डायलग सहजै बोल्न सक्छ । तेलुगु चलचित्रका चर्चित खलनायक पात्र उनी कमेडी रोलमा पनि उत्तिकै पोख्त छिन् । करिब १०० वटाजति चलचित्रमा काम गरिसकेका उनको अन्तिम अभिनय रहेको चलचित्र ‘सरिलरु निकेवरु’ हो ।

प्रतिक्रिया