आइतबार, पुष ६, २०८२

विद्यालयलाई महालक्ष्मीको सहयोग

नेपालखोज २०७८ चैत २८ गते १८:०३

काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च मा.वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजताका लागि ७ थान ह््वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको एक थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्णपाल, विद्यालयका प्रधानाध्यापक र नबहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधी अन्य विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तररुपमा संचालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया