शुक्रबार, जेठ ४, २०८१

सर्वाेकृष्ट नायक पल र नायिकाको उपाधि पूजालाई

नेपालखोज २०७८ चैत २८ गते २०:१९

काठमाडौं । नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले सर्वोकृष्ट नायकको उपाधि जितेका छन् । चलचित्र विकास बोर्डले आज एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको उपाधि दिइएको हो।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको उपाधि नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको सुदर्शन थापाले जितेका छन् । उनीहरुले म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् । त्यस्तै गरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ ।

प्रतिक्रिया