एक अर्ब ५२ करोडको कारोबार

नेपालखोज २०७८ चैत २९ गते १५:४९

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ४४ दशमलव ५६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज पुनः ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव दुई अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ३६ अंकमा पुगेको छ । आज दुई सय ३७ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ७६ पटकको कारोबारमा ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा एउटा समूहको सूचक बढेर १२ वटा समूहहरुको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ९४ अंकले घटेर १५ सय ८६ दशमलव ८० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ७१ दशमलव ५७ अंकले घटेर चार हजार एक सय छ दशमलव ५१ अंकमा पुगेको छ ।

जलविद्युत समूहको सूचक पनि ५२ दशमलव ९२ अंकले घटेर २७ सय ३२ दशमलव ८१ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ३५ दशमलव १२ अंकले घटेर ११ हजार ५३ दशमलव ७१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय १४ दशमलव २३ अंकले घटेर १३ हजार ५६ दशमलव ८२ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् । होटल तथा पर्यटन समूहको सूचक भने आज तीन दशमलव चार अंकले बढेको छ ।

नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई हजार ५७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा इर्मर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ५९ प्रतिशतले घटेर नौं सय ३५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता ३५ सय सात रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ७५ लाख एक हजार पाँच सय ५० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया