राप्रपाको कालिकोटमा शक्ति प्रदर्शन, एकपटक विश्वासको याचना (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनाव लागि थालेको ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ ले तीव्रता पाउन थालेको छ । मंगलबार कालिकोटको सदरमुकाम मान्ममा राप्रपाले शक्ति प्रदर्श गर्यो ।
राप्रपाका महामन्त्रीद्वय धवल शम्शेर राणा, कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही सहभागी थिए । पछिल्लो समय राप्रपाले देशव्यापि आक्रमक रुपमा अभियान चलाउँदै आएको छ । जनसभामा महामन्त्री शाहीले एकपटक राप्रपालाई सरकार चलाउनका लागि मत दिन आग्रह गरिन् । उनले राप्रपाले सरकारले कसरी चलाउने देखाइदिने चुनौती समेत दिइन् ।
महामन्त्री राणाले भने एकपटक जनताले राप्रपालाई विश्वास गर्नेमा ढुक्क रहेको बताए । यस्तै प्रवक्ता शाहीले भ्रष्ट पार्टीलाई फेरि मत नदिन अपिलसमेत गरे । उनले राप्रपाले जिते सुशासन कायम राख्ने बताए । राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदने आएसँगै पार्टी प्रवेशको लहरै चलेको चर्चा समेत हुन थालेको छ ।







प्रतिक्रिया