ल्यान्डफिल साइटको व्यवस्थापन नहुँदा पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ

नेपालखोज २०७८ चैत २९ गते १९:१०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण कार्य करिव सकिएर २ साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण समेत भएको छ ।

तर विमानस्थलको निर्माण कार्य पूरा भएर पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल ल्यान्डफिल साइट व्यवस्थापन हुन नक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नु पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बने पनि काम भएको छैन ।

पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न समस्या रहेको छ । आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित सरोकारवाला निकायहरुबीच बुद्ध एयरले ल्याण्डफिल साइटको विषयमा छलफल भएको छ । छलफल कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले पोखरा विमान स्थल राष्ट्रिय गौरवको आयोजना भएकाले निजी क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर काम गर्ने बताए ।

उनले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइट हटाएर नयाँ ठाँउमा बनाउनको लागि सहजिकरण समितिले १५ दिनभित्र ल्याण्डफिल साइट बनाउने स्थानको रिर्पोट ल्याउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले ल्याण्डफिल साइट लागि तोकिएको स्थानको जग्गाको संरचना, सरकार वा निजी जग्गाको विषयमा तत्काल समितिले टुङगो लगाउनु पर्ने बताए । उनले त्यहाँका जनताको समस्या, क्षेतिपूर्तिको विषयमा र प्रविधिक विज्ञ समेत राखेर रिर्पोट तत्काल तयार गर्ने आग्रह गरे ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइटको मात्रै काम बाँकी रहेको बताएका छन् । ल्याण्डफिल साइट बनाउने काम समितिले ल्याण्डफिल साइटको जग्गाको अध्ययन भइरहेको मन्त्री कँडेलले बताए । उनले ल्याण्डफिल बनाउने विषय जटिलता रहेकाले विमानस्थल सञ्चालनमा समस्या ल्याएको बताए । मन्त्री कँडेलले सबैको चासोको विषयमा भएकाले अहिले निर्वाचन आचारसहिंता नलाग्ने भएका काम अगाडि बढाउनु पर्ने जिकिर गरे । ल्याण्डफिल साइट बनाउने विषयमा प्रदेश सरकार भन्दा पनि महानगरपालिकाले बढी महत्व दिनु पर्ने मन्त्री कँडेलको भनाई छ ।

त्यस्तै, प्रतिनिधि सभाकी सांसद विद्या भट्टराईले विमानस्थल बनाउने बेलामा नै विमानस्थल सञ्चालनमा ल्याण्डफिल साइट मुख्य समस्या रहेको बताए पनि काम अहिलेसम्म हुन नसक्नु राम्रो नभएको बताए । उनले ल्याण्डफिल्ड साइड समस्या समाधानको लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय भए पनि जनतासँग समन्वय नहुँदा समस्या आएकाले जनतासँग समन्वय गर्नु पर्ने बताए । सांसद् भट्टराईले समस्यामा कहाँ छ भन्ने भन्दा पनि अहिले समस्याको समाधान कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए । पूर्वाधार निर्माणको लागि तीनै तहका सरकारले टाइमलाइन बनाएर काम गर्नु पर्ने आवश्यकता औल्याए ।

यसरी विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा विमानस्थल कहिले सञ्चालन हुन्छ, भन्ने टुंगो छैन । स्थानीय तह अर्थात् पोखरा महानगरले ल्यान्डफिल साइट खोज्नुपर्ने भए पनि निधोमा पुग्न सकेको छैन । चिनिया सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको ९५ प्रतिशत काम पूरा भइसकेको छ । ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ ।

डाँडाको कटान त अब केही महिनामा सकिन्छ तर ल्यान्डफिल साइट कहाँ बनाउने हो र अहिले भइरहेको स्थानबाट कहिले सार्ने हो भन्ने नै ठूलो अन्योल रहेको छ । उडान सञ्चालनका लागि प्रदेश सरकारले अब नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाई कम्पनीका प्रमुखहरुलाई पोखरा नै बोलाएर छलफल गर्दैछ ।

काँहुडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ । त्यसलाई बाइबास बनाएर विजयपुर खोलामा झार्नका लागि संघ सरकारले काम थालिसकेको छ । त्यस्तै विमानस्थलको ९५ प्रतिशत काम सकिँदा ल्यान्डफिल साइट निर्माण र रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया