आइतबार, वैशाख २८, २०८२

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

नेपालखोज २०७८ चैत २९ गते २१:४३

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलंघन गरेर भोजमा सहभागी भएकाले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले आजमात्रै उनी दोषी भएकाले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।

एक सरकारी अधिकारीले आज भने, ’जोनसन र सुनाकलाई आज कारबाहीसम्बन्धी सूचना पठाइएको छ, उनलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो ।’ देशभरि कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागू भएको बेला सन् २०२० को मे २० मा उनले नियम उलंघन गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले जरिवाना तिराउनुपर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाइ छ । प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलंघन गरेको उनको आरोप छ ।

प्रतिक्रिया