‘देशमा लोकतन्त्र होइन लुटतन्त्र छ’

नेपालखोज २०७८ चैत २९ गते २२:५४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले विगत र वर्तमान दुल्लु उस्तै रहेको बताएका छन्। दुल्लुस्थित पटांगिनीमा पार्टीले आयोजना गरेको चुनाव लक्षित कार्यक्रमलाई सम्वोधन गर्दै शाहीले दुल्लुमा कुनै विकास नभएको र धुलोले दिउँसै रात परेकोमात्र आफूले देखेको भन्दै कडा आलोचनाको साथ विकासले गति लिन नसकेको बताएका छन्।

गणतन्त्रमा अहिले लुटतन्त्र मच्चिरहेको वर्तमान अवस्थामा दुल्लु एतिहासिक क्षेत्र तथा पवित्र भूमि भएको भएपनि जति बजेट आएपनि कार्यकर्ता र जनप्रतिनिधिको मोजमस्तिमा खर्च भएको उनले बताए। उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले विकासको रणनीति लिएकोले सबैले बेलैमा सोच्नुपर्नेमा जोडदिए।’

प्रतिक्रिया