‘हो हजुर परिवर्तनको सुरुवात आफैंबाट गरौं’

नेपालखोज २०७८ चैत ३० गते ११:२७

सधैं राज्यलाई मात्र सरापेर देश उँभो लाग्दैन। जुन बेलासम्म हामी आफूले आफैँलाई बदल्न सक्दैनाैं, हामीले समाजलाई परिवर्तन गर्न सक्दैनाैं । सकारात्मक सोचले व्यक्ति, परिवार, समुदायलाई आ-आफ्नो जिम्मेवारी आ-आफ्नो ठाँउबाट बहन गर्ने पाठ सिकाउँछ । हामी रैतिबाट प्रजा भयौं, प्रजाबाट जनता तर अहिलेसम्म नागरिक बन्न सकेको छैन । नागरिक त्यो बेला बन्छ, जब अरूको आँखाबाट हेर्न जान्छ, अरूको कानबाट सुन्न सक्छ र अरूको मनबाट सोच्न सक्छ । पहिले आफू बदले पछि मात्र हामीले अरूलाई बदल्न सक्छाैं । देश हरेक दृष्टिकोणले तब मात्र समृद्ध हुन्छ जब समाज नम्र भद्र सभ्य र सोमतिलो हुन्छ । राज्य हैन सरकार भन्न खोजेको हो । सरी ! –कर्ण शाक्य

हो हजुर परिवर्तनको सुरुवात आफैंबाट गरौं । –डल्ली शाह

सायद हामीमा पुस्तौदेखिको दवाउँने र दविने संस्कारको अवशेष मनको अन्तर कुनामा रहेसम्म हामी स्वतन्त्र नागरिक बन्नै सक्दैनौ र सकेनौ पनि । यो गरिबीको पराकाष्ठा पनि होला भन्दै गर्दा गरिबीमा जन्मनू गलत होईन गरिबीमै मर्नु चैँ बडो गलत हुनेछ भन्ने कोटेशनलाई पनि आत्मसात गर्नैपर्छ। अब हामी सबैले मनको भित्री ढोका खोल्नुपर्छ । ह्रदयको उपल्लो चेत खोल्नैपर्छ आफू बदलिए पछि मात्रै परिवार समाज र देश बदलिने हो । सोच बदलौ तन मन र आफ्नो मनको स्थान पनि बदलौं अनि देख्नेछौ बदलिएको परिवार अनि बदलिएको समाज अनि सिंगो राष्ट्र। –मोहन खतिवडा

मैले मेरो दस कठा जमिनमा मेहनत गरेर धान फलाउँदा ४५ हजार खर्च हुन्छ । धान फल्छ ४३ हजारको यदि राज्यले मल बिउ सहुलियत दरमा उपलब्ध गराइदियो यो कस्ट कम हुन्थ्यो । उब्जनी हुन्थ्यो । खेतहरु बाँझा हुँदैनथे प्लटिङका लागि घडेरी बन्दैनथे । कि सोच खोज कि बिजनेस मात्रै लागू गर्ने हो र कृषि पर्यटन देशको परिपुरक हुन्। जब राज्य निरिह बनेर अर्थतन्त्र भ्रष्टाचार लिप्त रहने हो जनताका समस्या ज्युँ का त्युँ रहने हो भने विदेशीनुको विकल्प छैन। सरकारले परिवर्तन तिर नलागेर रेमिटान्सको आश गर्ने हो भने न मुलुक परिवर्तन हुन्छ न जनताको आशा पुरा हुन्छ । -पदम थापा

सर्वप्रथम त स्कुलिङ राम्रो हुनपर्यो जुन न त पाठ्यक्रममा छ यस्तो नैतिक शिक्षा न त समाजमा रहेका विद्यमान अगुवाहरूको आचरण व्यवहार छ । –जगन्नाथ कोइराला

जीवनको सुन्दर पक्ष यही हो। जहिले आफूलाई कम अरुलाई धेरै माया अनि सद्भाब गर्न सक्ने बन्न सकिन्छ। अरुलाई दुक्ख्दा आफ्नो दुखाइ महसुस गर्न सकिन्छ। साथै सधैं सम्झन पर्ने जीवन अनन्त होइन अन्त छ । जाने जसरी आयको थियो त्यसरी नै खाली हात जानुपर्छ भन्ने वास्तविक सत्य मनले भुल्न हुँदैन। अनि बल्ल देखिन्छ सबै सामान । आखिर त्यही बाटो नै जाने भन्ने मानवीय अनिवार्यता नै जीवन हो । –हरिलाल श्रेष्ठ

असल र सच्चा नागरिक त्यो हो जो हमेसा अर्को नागरिकको हक अधिकार र स्वतन्त्रताको रक्षा गर्न सक्षम योग्य प्रतिबद्ध र प्रेरित रहन्छ जसले हमेसा व्यक्ति समाज र देशलाई सकारात्मक बन्न प्रेरित गरि रहन्छ । शेखर ढुंगेल राज्यलाई त कसैले सरापे छैन होला नि दाई ? सरापेको त राज्य संचालन गर्ने नेताहरु लाई होला नि ? देश गरिब बनाएको त नेताहरु र कर्मचारीहरुले हुन् । बरु ठिक नेता छान्ने बिबेक जनतामा आउनु आवश्यक छ र चुनाब मा हारेको ब्यक्तिलाई समानुपातितमा ल्याएर प्रधान मन्त्री बन्ने सिस्टम देशको संविधानबाट हटाउनुपर्छ । नत्र देशमा परिवर्तन कहिल्यै आउदैन !! -लक्ष्य गुरुङ

नेताहरू पनि गतिला छैनन् ! जस्तो जनता, त्यही स्तरको नेता हुन्छ पनि भनिन्छ ! तर पनि जनस्तरबाट हजुरले जस्तै सबैले देश र जनताको पक्षमा चेतना सम्प्रेषण र खबरदारी दुवै गरिनु अत्यन्त जरुरी भइसकेको छ ! हुनेखाने र हुँदा खानेहरूबीचको अन्तर सक्दो बढी घटाउनु जरुरी छ ! पारंगत लोप्चन संसारकै स्वर्ग भुमि नेपाललाई नेपालीले मात्र हैन, संसारभरिका मानिसले सम्मान‌ र श्रद्धा‌‌ गर्छन्, नेपाललाई कसैले के सराप्लान र ? -सन्तोष कार्की

प्रतिक्रिया