ओखलढुंगामा जीप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु

नेपालखोज २०७८ चैत ३० गते १२:३५

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा आज जीप दुर्घटना हुँदा २ जना प्रहरीको मृत्यु भएको र ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताए । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ ।

प्रतिक्रिया