देशको पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
नेपालखोज
२०७९ वैशाख १ गते ६:१३

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया