आईपीएलमा मुम्बईको लगातार पाँचौं हार
नेपालखोज
२०७९ वैशाख १ गते १०:४४

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार पाचौं हार व्यहोरेको छ । गयराति भएको खेलमा मुम्बई पञ्जाव किंग्ससँग १२ रनले पराजित भएको हो । विजयी भएको पञ्जाव ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा मुम्बई पुच्छारमा रहेको छ ।
पञ्जावले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो ।
पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया