फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो
नेपालखोज
२०७९ वैशाख १ गते ११:४१

मनिला । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ ।
प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको संख्या भने ९२०,००० भन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण १६२,००० भन्दा बढीले आफ्नो घर छोडेका छन् ।
आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ । रासस-एएनआई
सम्बन्धित
प्रतिक्रिया