एमालेका ८० प्रतिशतभन्दा बढी इमानदार नेतालाई नेतृत्वले बन्दी बनायो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा ८० प्रतिशत नेताहरु इमान्दार कम्युनिस्ट रहेको तर नेतृत्वले बन्दी बनाएको जिकिर गरेका छन् । आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रममा उनले एमालेमा त्यतिका धेरै इमान्दार नेताहरु भएपनि नेतृत्वले भ्रम छरेर राखेको दाबी गरे ।
एमालेमा सबै खराब भन्ने नभएको प्रचण्डले बताए । उनले भने, ‘त्यहाँ क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन् । तर, नेतृत्व चाबीजस्तो हो । नेतृत्वले यति भ्रम दिएर राखेको छ । तिनीहरूलाई बन्दी बनाएर राखेजस्तो लाग्छ।’
अध्यक्ष प्रचण्डले त्यो भ्रमलाई चिराएर उक्त समूहको नेतृत्व आफूहरुले गरिनुपर्ने बताए । उनले भने, ‘एमालेभित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएको छन् । उक्त नेतृत्वबाट मुक्त गरेर उनीहरूको नेतृत्व हामीले गरिनु पर्दछ।’

प्रतिक्रिया