चुनावको पक्ष-विपक्षमा विप्लव नेतृत्वको नेकपा, पालैपालो गठबन्धनका नेतालाई भेट्दै

काठमाडौं । चुनावको पक्ष र विपक्षमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरूले सरकार पक्षका शीर्ष नेतासँगको भेटघाटलाई तीब्रता दिएका छन् । बैशाख ३० गते चुनावको मिति नजिकिँदै गएका बेला पक्ष र विपक्षको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चुनावको विपक्षमा रहेका दुई नेताहरुले बिहीबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले प्रचण्ड निवास खुमलटारमा भेटघाट गरेका हुन् ।
यस्तै चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो बुधबार मात्रै भेटेका थिए । नयाँ बर्ष २०७९को शुभकामनासहित बन्दीहरू रिहाइका लागि अध्यक्ष प्रचण्डसँग छलफल भएको जनाइएको छ ।
यस्तै लामो समयदेखि बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई स्वास्थ्यको कामना गर्न पनि भेटघाट गरिएको बास्तोलाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

प्रतिक्रिया