ठुला राजनीतिक दल देशलाई असफल राष्ट्र बनाउन लागे (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् ।


आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठुला राजनीतिक पार्टी र ठुला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।ठुला पार्टीहरु देशलाई असफल राष्ट्र बनाउने काममा एकअर्काको सहयोगी बनिरहेको उनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए ।


अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको बताएका छन् । उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरु आवद्ध रहेको उल्लेख गरे । भ्रष्ट्राचार विरोधीहरु आफ्नो पार्टीमा जोडिदै गएका उनले बताए ।


अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरुलाई राप्रपामा प्रवेश गराएका छन् । आजको पार्टी प्रवेश कार्यक्रममार्फत् चिकित्सक डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला र जिता बराल, पूर्व डिआईजी मन्दिप श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य रोहन राउत क्षेत्रीलगायत गरी १ हजार २९ जना राप्रपामा प्रवेश गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया